सेफ्टी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु

विराटनगर । रुपन्देहीको भैरहवामा १ जना बालकको आज सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ ।

जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १० दोदगहरी निवासी झिम्की कुर्मीका १० बर्षीय छोरा सुग्रिम कुर्मीको छिमेकीको निर्माणाधिन घरको सेप्टी ट्याङकीमा डुबेर मृत्यु भएको हो । मृतक बालक शनिबार बेलुका ५ बजेदेखि बेपत्ता थिए । खोजतलाशको क्रममा आईतबार घरदेखि करिब २०० मिटरको दूरीमा रहेको श्रवण लोनियाको निर्माणाधिन घरको सेप्टी ट्याङ्कीभित्र बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आइतबार, ०४ असोज, २०७७, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर