काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
खतिवडालाई अर्थमन्त्रीमै निरन्तरता दिने प्रयास प्रधानमन्त्रीले गरेपनि उनी संसद नरहेकोले भदौ २० गते बाध्य भएर पदबाट राजिनामा दिएका थिए । राष्ट्रियसभामा पुनः खतिवडालाई मनोनित गर्ने प्रधानमन्त्रीको प्रयास पनि वामदेव गौतमले राष्ट्रियसभामा दावी गरेपछि असफल भएको थियो ।