विराटनगर । नागरिक तहबाट रकम संकलन गरेर खरिद गरिएको कोरोना भाइरस परीक्षणका गर्ने आरएनए एक्स्ट्राक्सन मेसिन कोशी अस्पताल विराटनगरलाई हस्तान्तरण गरिएको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईलाई शुक्रबार मेसिन हस्तान्तरण गर्नुभयो ।
विराटनगरका उद्योगी, व्यवसायी, विभिन्न संस्था तथा व्यक्ति मिलेर खरिद गरी महानगरपालिकालाई हस्तान्तरण गरिएको मेसिनको मूल्य ३२ लाख रहेको बताइएको छ । यसअघि ३१ लाख मूल्य बराबरको पिसिआर मेसिन अस्पताललाई हस्तान्तरण गरिएको थियो ।
मेसिन आएपछि धेरै जनाको स्वाब परीक्षण गर्न सहज भएको र रिपोर्ट पनि चाँडो दिने कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा.चुमनलाल दासले बताउनुभयो । मेसिन सञ्चालनमा आएपछि २४ घण्टाका अवधिमा १ हजार ५ सयसम्म स्वाब परीक्षण गर्न मिल्ने बताइएको छ । महानगरपालिका प्रमुख पराजुलीले जनताको स्वास्थ्य सुरक्षामा सक्दो काम गर्ने बताउँदै प्राप्त मेसिनवाट नगरवासीले सहज र छिटो रिपोर्ट पाउने बताउनुभयो ।
मेसिन हस्तान्तरण कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुली ,उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे ,उद्योगी शुरेन्द्र गोल्छा, विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणि पोखरेल ,नेपाली कांग्रेस विराटनगरका कार्यबाहक अध्यक्ष अरुण न्यौपाने ,अस्पताल ब्यवस्थापन समितिका सदस्य मुकेश बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।
मेसिन हस्तान्तरणपछि विराटनगर महानगरका मेयर भीम पराजुली ,उद्योग संगठनका अध्यक्ष भीम घिमिरे ,मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र नागरिक समाजका तर्फबाट अरुण न्यौपानेले हस्ताक्षर गरि निकालिएको संयुक्त प्रेस विज्ञप्तिमा मेसिन खरिद गर्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरिएको छ । विज्ञप्तिमा मानवीय सेवामा पु¥याउनु भएको सहयोगको उच्च मूल्यांकन हुनेसमेत उल्लेख छ ।
मेसिन खरिदको लागि भीम पराजुली, भीम घिमिरे, प्रकाश मुन्दडा, अरुण न्यौपाने, जीवन घिमिरे, मुकेश उपाध्याय, सुयश प्याकुरेल, सुशिल धनावत, प्रदिप मुरारका, राजकुमार गोल्छा, राज्यलक्ष्मी गोल्छा, सुरेन्द्र गोल्छा, राकेश सुराना, नन्दकिशोर राठी, सुवोध कोइराला, विपिन कावरा, भोलेश्वर दुलाल, पारस लुनिया, राजन खत्री, सन्जय अग्रवाल र अनुज पोद्दारले सहयोग गरेका छन् । यस्तै अनुज पोद्धार, मुकेश कोठारी, केएल दुगड, राजकुमार अग्रवाल, तुलसीराम अग्रवाल, आराती स्ट्रिप, रमेश तोदी, नवलकिशोर कावरा, बासु गोल्यान, मोती दुगड, पवन सारडा, अनुपम राठी, नविन रिजाल, विकास वेगवानी, हिमगिरी हाइजिन, केदार कार्की, भाटभटेनी सुपर मार्केट, राजन सिटौला, मोतिराज दाहाल, राजेन्द्र राउत र अविनास बोहराको सहयोग छ ।