विराटनगर । सुनसरीको धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा शुक्रबार एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
क्षेत्रीय कारागार झुम्कामा कैद भोगिरहेका सुनसरीको रामधुनी ५ झुम्काका ४३ वर्षका पुरुषको मृत्यू भएको हो ।
उनको उपचारको क्रममा शुक्रबार अपरान्ह साढे ४ बजे मृत्य भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । गएको १० दिनयता ज्वरो आएका उनलाई इनरुवा अस्पतालबाट शुक्रबार विहान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
योसगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।