विराटनगर । विराटनगर– ६ सरौचिया घर भएकी ७७ वर्षीय सुमित्रादेवी गोढी (सहनी) लाई श्वासप्रश्वासमा समस्या आएपछि विराटनगरका अधिकांश अस्पताल डुलाउँदै शनिबार राति एम्स अस्पतालमा भर्ना गरियो । अन्य अस्पतालले भर्ना लिन नमानेपछि आफन्तले हस्पिटल चौकस्थित एम्स अस्पतालको आकस्मिक कक्षमा पु¥याएका थिए ।
भर्ना लिएपनि विरामीको स्वास्थ्य अवस्था बुझेपछि पीसिआर परीक्षण गरेपछि मात्र थप उपचार गर्ने एम्सका चिकित्सकले बताए । उनलाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था थियो । पीसीआर परीक्षणको लागि परिवारले हारगुहार ग¥यो । तर, कतैबाट सुनवाइ हुन सकेन ।
सुमित्रादेवीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएर आइतबार बिहान ६ बजे मृत्यु भयो । बेलैमै अस्पतालले सघन उपचार कक्ष (आइसीयू) राखेर विरामीको उपचार गरेको भए हजूरआमाको अकालमा ज्यान जानुपर्ने अवस्था नहुने नाती सुरजकुमार सहनीको भनाइ छ ।
कोरोनाको त्रासको कारण अस्पतालले बेलैमा उपचार नगर्दा हजुरआमाको ज्यान गएको पीडित परिवारले जनाएको छ । ‘कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन्,’ सुरजले भन्नुभयो, ‘अस्पतालले पिसिआर परीक्षण रिपोर्टविना थप उपार नगर्ने भनेकोले उपचार नपाएरै हजुरआमाको मृत्यु भयो ।’
श्वासप्रश्वासमा समस्या भएकी बृद्धालाई अस्पतालको भेन्टिलेरमा राखेर उपचार गरेको भए ज्यान बच्ने अवस्था रहेको एम्सका स्वास्थ्यकर्मीले पनि बताएका छन् । तर, पिसिआर रिपोर्ट नभएकोले उपचार गर्न नसकिएको उनीहरुको भनाइ छ ।
‘अस्पताल भर्ना गरिएको विरामीलाई रातभरी आकस्मिक कक्ष राखियो,’ नाति सुरजले भन्नुभयो, ‘हामीले धेरैपटक डाक्टरहरूलाई भेन्टिलेटरमा राखेर हजुरआमाको उपचार गरिदिन अनुनय–विनय ग¥यौं । तर, हाम्रो कुराको कुनै सुनवाइ भएन ।’
पीसीआर रिपोर्ट नभई अस्पतालले उपचार प्रक्रिया अगाडि नबढाउने चिकित्सक र प्रशासनको चरम लापरबाहीले विरामीको मृत्यु भएको आफन्तको भनाइ छ । उनीहरूले अस्पताल विरुद्ध प्रशानमा उजुरी दिएर घटनाको छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने मागसमेत राखेका छन् ।
एम्स अस्पतालका प्रशासन प्रमुख अजय यादवले रातिको समयमा विरामीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले अन्यत्र लैजान रेफर गरेको भएपनि उनीहरूले आफ्नै रिक्समा राखेको बताउनुभयो । ‘रेफर गर्दा पनि नलेपछि हामीले आकस्मिक कक्षमा राखेर उपचार गरिहेका थियौ, उपचारको क्रममा मृत्यु हुनपुग्यो’ उहाँले भन्नुभयो ।
यसअघि पनि विराटनगरमा दिर्घरोगी र अन्य रोग लागेका बिरामीले समेत समयमा उपचार नपाएर मृत्युवरण गर्नुपरेका आधा दर्जन बढि घटना भइसकेका छन् ।