इटहरी । सुनसरीको इटहरीमा बुधबार थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
भदौ २० र २१ गते स्वाब दिइएकामध्ये १२ जनामा सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाले जनाएको हो ।
सङ्क्रमितहरू इटहरी–१२ मा १ जना पुरुष, इटहरी–१३ का १ जना पुरुष, इलाका प्रहरी कार्यालय इटहरीका २ जना पुरुष, इटहरी–१० का ६ जना इटहरी–१३ का १ जना र इटहरी–२० का १ जना पुरुष छन् । योसँगै इटहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या २७९ पुगेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।