लोड हुँदैछ...

मेनु

ओखलढुंगामा जिसस प्रमुखसहित ९ जनामा कोरोना

ओखलढुंगामा जिसस प्रमुखसहित ९ जनामा कोरोना

ओखलढुंगा । ओखलढुंगामा जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठसहित ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिसस प्रमुख श्रेष्ठसहित नेपाली कांग्रेसका जिल्ला सभापति प्रदिपकुमार सुनुवारमा पनि कोरोना संक्रमण देखिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख श्रेष्ठसहित उहाँको परीवारका ३ जना सदस्यमा कोरोना देखिएको छ । जिल्लाका १ जना पत्रकारमा पनि कोरोना संक्रमण देखिएको छ । संक्रमितहरुलाई रुम्जाटारको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

जिल्लाका ८१ वटा स्वाब परीक्षणको लागि प्रयोगशालामा पठाएकोमा १२ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । ९ जना नयाँ संक्रमित थपिएका हुन् भने ३ जना यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकाहरु हुन् ।

मंगलबार आएको रिपोर्टमा सुनकोशी गाँउपालिकाका सबैभन्दा धेरै ५ जना, खिजिदेम्बा गाँउपालिकाका १ जना, मानेभञ्ज्याङ गाउपालिकाका १ जना र जिल्लामा सरुवा भएर आएका २ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका यसअघि पुष्टि भएका ५ जना सक्रिय संक्रमितमध्ये २ जनाले कोरोना जितेका छन् । मंगलबार थपिएकासहित गरेर जिल्लामा सक्रिय संक्रमितको संख्या १२ पुगेको छ ।

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दे भिडभाड हुनेखालका कुनै पनि गतिबिधि नगर्न थप सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।