इटहरी। सुनसरीको इटहरी उपमहानगरपालिकामा मंगलबार थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उपमहानगरपालिकाका प्रेस संयोजक लिलाराज भट्टराईका अनुसार योसँगै इटहरीमा संक्रमितको संख्या २ सय ६८ पुगेको छ ।

मंगलबार वडा नम्बर १ का २ महिला, ८ का १ महिला र १ पुरूष, ११ का ४ महिला र २ पुरूष, १२ का ३ महिला र ४ पुरूष, १३ का १ महिला तथा प्रदेश ल्याबमा आफै गएर परिक्षण गराउने वडा नं १ का १ महिला र १ पुरूषमा संक्रमण देखिएको हो ।