मोरङमा भदौ २८ सम्म ‘निषेधाज्ञा’, ७ बजेसम्म बजार खुल्ला

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले सार्वजनिक सवारीका साधन सञ्चालन गर्न नपाउने गरि भदौ २८ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

यसअघि ३ पटक थप हुँदै भदौ ५ गतेबाट जारी निषेधाज्ञा सोमबार रातिबाट सकिने भएकोले थप ६ दिन त्यसको अबधि बढाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

निषेधाज्ञा थप भएको भनिएपनि सो अबधिमा सार्वजनिक यातायात, होटल, शैलुन, गुद्री, हाटबजार र सभा समारोहबाहेक सबै खुल्ला हुनेछ । यसअघि दैनिक ४ बजेसम्म खुल्ला गरिएको बजार अब ७ बजेसम्म खुल्ने भएको छ ।

होटल र रेष्टुरेन्टहरु पनि ग्राहक नराखी टेकअवे वा होम डेलिभरी गर्नेगरी सञ्चालन गर्न पाउने भएका छन् । सो अबधिमा राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा भने प्रतिबन्ध लगाएको प्रशासनले जनाएको छ ।

सिटी रिक्सा जोर विजोर नम्बरका आधारमा सञ्चालन गर्न दिने तर यात्रु २ जना मात्र चढ्ने पाउने निर्णय भएको छ । भेला, महोत्सव, जात्रा जस्ता सामूहिक गतिबिधि, गर्न रोक लगाईएको छ । उद्योगहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाउनेछन् ।

कोरोना महामारी अझै नियन्त्रणमा नआएको र निषेधाज्ञाले दैनिक जनजीवन पनि कष्ठकर भइरहेकोले जीवनयापन सहज बनाउनेगरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो ।

सोमबार, २२ भदौ, २०७७, साँझको ०६:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर