लोड हुँदैछ...

मेनु

थप १०६९ जनामा कोरोना, ११ जनाको मृत्यु

थप १०६९ जनामा कोरोना, ११ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६९ जनामा कोरोना संक्रमण देखिएको छ भने ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनाको पिसिआर परीक्षण गदौ १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७६८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या २२ हजार १७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट देशभर थप ११ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds