लोड हुँदैछ...

मेनु

स्वास्थ्यमा समस्या आएपछि जापानका प्रधानमन्त्रीद्वारा राजीनामा

स्वास्थ्यमा समस्या आएपछि जापानका प्रधानमन्त्रीद्वारा राजीनामा

विराटनगर। आफ्नो स्वास्थ्यमा समस्या आएको जानकारी दिँदै जापानका प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै प्रधानमन्त्री आबेले राजीनामाको घोषणा गरेका हुन् ।

पछिल्लो केही समयदखि बिरामी रहेका उनले शुक्रबार टोकियोमा राजीनामाको घोषणा गरेका हुन् । उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफूले स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेको बताए ।

‘मेरो खराब स्वास्थ्य अवस्थाको कारण गलत निर्णय राजनीतिक निर्णय हुनुहुँदैन’, उनले भने, ‘जहिलेसम्म म जापानी जनताको अपेक्षा पूरा गर्न सक्षम बन्दिनँ, त्यतिबेलासम्मको लागि मैले प्रधानमन्त्री पधानमन्त्री पदमा रहनु हुँदैन । त्यसैले मैले पद छाड्ने निर्णय गरेको छु ।’

आबेले यही हप्ता दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको बताइएको छ ।

आबेले आफ्नो कार्यकाल पूरा गर्न नसकेकोप्रति जापानका जनताहरुसँग माफी पनि मागेका छन् । उनको उपचारमको लागि केही समय लाग्ने जापानी सञ्चारमाध्यमहरुले बताएका छन् ।

नागरिकको जनमतको कदर गर्दै राजीनामा दिएको पनि आबेले स्पष्ट पारेका छन् । कोरोना महामारीका कारण सिर्जित समस्यालाई नयाँ नेतृत्वले समाधान गर्ने पनि उनको भनाई छ । कोरोना महामारी नियन्त्रण तथा रोकथाममा प्रभावकारी कदम नचालेको भन्दै जापानमा पछिल्लो समय आबेको निकै आलोचना भइरहेको थियो ।

६५ वर्षीय आबे जापानका सबैभन्दा लामो समयसम्म पदमा रहने प्रधानमन्त्री हुन् । उनको राजीनामासँगै अब जापानका उपप्रधान तथा अर्थमन्त्री तारो आसो आबेको बाँकी कार्यकालका लागि आबेको भूमिकामा आउने सम्भावना छ । अब संसद्मा हुने निर्वाचनमार्फत् नयाँ प्रधानमन्त्रीको चयन हुनेछ ।

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।