पाँचथरका ५ स्थानीय तहमा लकडाउन

पाँचथर । पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेपछि पाँचथरको ५ वटा स्थानीय तहमा लकडाउन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला स्तरीय प्रकोप व्यवस्थापन समिति र स्थानीय तहको बैठकबाट भदौ १८ गतेसम्म लकडाउन गर्ने निर्णय भएको हो ।

फिदिम नगरपालिकामा शुक्रबारबाट बाट एक हप्तासम्मको लागि लकडाउन गरिएको छ । जसका कारण बजार पसल ठप्प छन् । अत्यावश्वकीयबाहेक दुई पाङग्रे सवारी साधानसमेत संचालन भएका छैनन् ।

सदरमुकाम बाहेक ४ वटा गाउँपालिकाहरु तुम्बेवा, कुम्मायक, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकामा पनि लकडाउन गरिएको छ । अन्य स्थानीय तहहरुले पनि लकडाउन लगाउने तयारीमा रहेको बताएका छन् ।

बिराटनगरबाट सरुवा भएर आएका प्रहरीमार्फत जिल्ला प्रहरी कार्यालयमा कार्यरत उनका सहकर्मीमा संक्रमण देर्खिपछि सतर्कता अपनाइएको हो । समुदायसम्म संक्रमण फैलने खतरा रहेकोले लकडाउन गर्नुपरेको प्रमूख जिल्ला अधिकारी अर्जुनकुमार गुरागाँइले जानकारी दिनुभयो ।

साउन महिनाभर बैदेशिक रोजगारीबाट फर्केका ७ जनाबाहेक जिल्लाका कसैमा संक्रमण देखिएको थिएन । प्रदेश प्रहरी कार्यालयले साबधानी नअपनाई सरुवा गरेर पठाँउदा समुदायसम्म संक्रमण फैलिने खतरा रहेको जिल्लाबासीको गुनासो छ ।

हालसम्म जिल्लामा ४ प्रहरीसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५ जना उपचारपश्चात घर फर्किएका छन् ।

शुक्रबार, १२ भदौ, २०७७, दिउँसोको ०२:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर