करेन्ट लागेर दुई जनाको मृत्यु

विराटनगर । पाँचथर र झापाका २ स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

बुधवार अपरान्ह ४ बजेको समयमा पाँचथरको याङवरक गाउँपालिका ४ बस्ने ४५ बर्षीय श्रीप्रसाद काम्बाङको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा बिद्युतको तार सर्ट भई बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका काम्बाङलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर ल्याईएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यसैगरी झापाको अर्जुनधारा नगरपालिका ३ खुदुनावारी बस्ने २८ बर्षीया अन्जता राईको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार अपरान्ह पौने ६ बजे आफ्नै घरमा पंखा चलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएकी राईलाई उपचारको लागी बि.एण्ड.सी. अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीलाई उदृत गर्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

बिहिबार, ११ भदौ, २०७७, बिहानको ११:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर