इटहरी । सुनसरीको इटहरीमा बिहीबार एक ५ वर्षीय बालकसहित थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार भाद्र ७ गते गरिएको पीसीआर परीक्षणको रिपोर्ट बिहीबार बिहान आएको हो ।
थपिएका संक्रमितहरु इटहरी ६ का १ जना ४६ वर्षीय पुरुष, इटहरी ९ का ३ जना ५ वर्षीय बालक, ४४ वर्षीय पुरुष र ५५ वर्षीया महिला, इटहरी १० का १ जना ३७ वर्षीय पुरुष, सशस्त्र प्रहरी वल पकलीका २ जना २८ र ३२ वर्षीय पुरुष तथा ईलाका प्रहरी कार्यालय इटहरीका २ जन, ३२ र ३६ वर्षीय थुनुवा रहेका छन् ।
योसँगै इटहरीमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ भने २८ जनाले कोरोनालाई जित्न सफल भएका छन् ।

