लागुऔषधसहित ६ जना पक्राउ

बिराटनगर । झापा, ईलाम र मोरङ जिल्लाका बिभिन्न स्थानबाट नियन्त्रित लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा सशस्त्र प्रहरी बल नेपाल नं। २ गण चन्द्रगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले बाह्रदशी गाउँपालिका २ बाट ६ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

बाह्रदशी गाउँपालिका ३ का २३ बर्षीय अमिन मोहम्बदलाई बिरिङ खोला किनाराबाट पक्राउ गरिएको हो । यसैगरी ईलामको माङसेबुङ गाउँपालिका(५ का १९ बर्षीय प्रेम राई र १७ बर्षीय अमिर लिम्बु नियन्त्रित लागुऔषध गाँजासहित पक्राउ परेका छन् । प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले सोमवार दिऊसो २ केजी गाँजा सहित दुबै जनालाई पक्राउ गरेको हो ।

यस्तै मोरङको केरावारी गाउँपालका(६ बाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । सोमवार बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले मुगु खोला छेउमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १० प ७६९३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलमा सवार रहेका केरावारी गाउँपालिका ५ का २२ बर्षीय रुपेश राई, धरान ८ की ३० वर्षीया अबिमाया राई र २० वर्षीय उत्सव लिम्बूलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

निजहरुको साथबाट प्रहरीले डाईजेपलाब ९५ एम्पुल, एभिल ९४ एम्पुल र लुपिजेसिक ९७ एम्पुल लागुऔषध बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा कानूनी कारवाहीका साथै थप अनुसन्धान भईरहेको छ ।

मङ्गलबार, ०९ भदौ, २०७७, बिहानको ११:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर