इटहरीका दुई वटा वडा शिल गर्ने निर्णय

इटहरी । कोरोना फैलिएपछि सुनसरीको इटहरी उपमहानगरपालिकाका ६ र ९ नम्वर वडालाई शिल गर्ने निर्णय भएको छ ।

इटहरीका मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख समेतको उपस्थितिमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

उपमहानगरको ६ र ९ नम्वर वडामा कोरोना संक्रमितहरुको संख्या बढिरहेकाले शिल गर्ने निर्णय गरिएको जनाइएको छ । ती वडामा अतिआवश्यक सेवा र पसल बाहेक सबै सेवा र हिँडडुल पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ ।

इटहरी उपमहानगरका जनस्वास्थ्य निरीक्षक धनश्याम सिग्देलका अनुसार वडा नम्वर ६ मा १० जना र वडा नम्वर ९ मा ८ जना संक्रमित छन् । यसैगरि बैठकले इटहरी ९ स्थित रंगशालामा आइसोलेसन निर्माणका लागि आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

सोमबार, ०८ भदौ, २०७७, दिउँसोको १२:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर