लोड हुँदैछ...

मेनु

विराटनगरका ९६ संक्रमितमध्ये ४४ जना प्रहरी, अरु को ?

विराटनगरका ९६ संक्रमितमध्ये ४४ जना प्रहरी, अरु को ?

विराटनगर । विराटनगरमा मंगलबार ४४ जना प्रहरी तथा दुई वडामा १२–१२ जनासहित एकैदिन ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयले दिएको विवरणमा संक्रमण पुष्टि भएमामध्ये ४४ जना प्रहरी कर्मचारी हुन् । सय जनाको स्वाब परीक्षण गर्दा ४४ जनामा कोरोना देखिएको हो ।

प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार संक्रमण मंगलबार १० महिलासहित ४४ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार २ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित प्रहरी कर्मचारी प्रदेश प्रहरी कार्यालयसँगै रहेको नेपाल प्रहरीको सशस्त्र प्रहरी गण रानी विराटनगरका हुन ।

मन्त्रालका अनुसार विराटनगर ८ र ११ मा १२-१२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै १, २, ३, ५, ९ १५ र १६ नम्बर वडामा एक–एक जना संक्रमित भेटिएका छन् । त्यसबाहेक विराटनगर–६ मा ३ जना, ७ मा २ जना, १० मा ४ जना, १२ मा ५ जना र १४ मा २जना संक्रमित थपिएका छन् । त्यस्तै वडा नम्बर योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ६९१ पुगेको छ ।

विराटनगरमा अहिलेसम्मा कोरोनामुक्त हुनेको संख्या ९३ छ भने ८ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।