लोड हुँदैछ...

मेनु

कोरोनाबाट १०७ को मृत्यु, २७ हजार २४१ संक्रमित

कोरोनाबाट १०७ को मृत्यु, २७ हजार २४१ संक्रमित

विराटनगर । नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मोरङका ६० वर्षीय पुरुष, काठमाडौँकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुषको मृत्यु कोरोनाबाट भएको मन्त्रालयले पुष्टि गरेको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ । पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ।

११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा १६० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds