लोड हुँदैछ...

मेनु

नेपाल आइडलको उपाधिनजिक किरण भुजेल

नेपाल आइडलको उपाधिनजिक किरण भुजेल

विराटनगर । लामो समयदेखि संगीत जगतमा आफ्नो पहिचानको खोजीमा रहेका गायक किरण भुजेललाई नेपाल आइडलको उपाधि नजिक पुगेका छन् ।

नेपाल आइडलको उत्कृष्ट ७ बाट बाहिरिएका किरन पुनः आइडलमा प्रवेश पाई सर्वाधिक भोटका साथ उत्कृष्ट ४ मा पुगेका छ्न् । सुमधुर स्वरका धनी किरण अब आइडलको उपाधीबाट थोरै मात्र टाढा छ्न् ।

‘देश बिदेशबाट धेरैले माया गर्नु भयो, साथ दिनु भयो, मलाई फेरि यो मञ्चमा सर्वाधिक भोटका साथ उत्कृष्ट ४ मा पुर्याउनु भएको छ,’ उनले भने, ‘यो माया, साथ र सहयोगको लागि आभारी छु। मलाई यसरी नै माया गरि अझै अगाडि बाडाउन सहयोग गरिदिनु होला।’

उनले आफूले उपाधि जित्नका लागि धेरैभन्दा धेरै भोट आउनु पर्ने भन्दै शुभेच्छुकहरुलाई भोट गर्न अपिल समेत गरेका छन् । उनलाई भोट गर्नका लागि NI 03 टाइप गरि 37000 मा एस.एम.एस वा 16667703 डायल अथवा इ–सेवा एपबाट पनि भोटिङ गर्न सकिनेछ ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

Hemant Gurung
August 14, 2020 8:33 PM

Daanmi voice laya 👍👍👍

प्रतिक्रियाहरू बन्द छन्।