प्रदेश १ मा मंगलबार अहिलेसम्मकै धेरै ९८ संक्रमित थपिए

विराटनगर । प्रदेश नं. १ मा गएको २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार प्रदेशमा ९८ जना कोरोना संक्रमित थपिएका छन् ।

यो अहिले सम्मकै उच्च संख्या हो । मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ तथा इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

विराटनगरमा मात्र मंगलबार ५० जनामा संक्रमण देखिएको छ । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहवीमा २ र महिला ५ पुरुष, धरानमा २ महिला र २ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुष, सुनसरीको स्थानीय तह नखुलेका १ महिला र १ पुरुष, उदयपुरको वेलकामा ४ पुरुष ३ महिला, त्रियुगामा ३ महिला ५ पुरुष, झापाको मेचीनगरमा १ महिला र १ पुरुष, इलामको सुर्योदयमा १ र ताप्लेजुङको फुङलिङमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५३ पुगेको छ । मंगलबार १ हजार ६ सय ८२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मङ्गलबार, २७ साउन, २०७७, दिउँसोको ०३:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर