उदयपुर । उदयपुरमा मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १५ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
दुई साता अगाडि मालपोत कार्यालयका खरिदारमा कोरोना देखिएकोमा मंगलबार थप ६ कर्मचारीसहित १५ जनामा कोरोना देखिएको हो ।
कोशी अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट मालपोत कार्यालयका ४४, ३८, ३२, ३२, २७ र २२ वर्षीय कर्मचारीमा कोरोना पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसार कार्यालय सहयोगी, कम्युटर अपरेटर र नायव सुब्बालाई कोरोना देखिएको छ ।
यसअघि संक्रमित भेटिएका कर्मचारीको परिवारका ६२ वर्षीया आमा र ३० वर्षीया श्रीमतीमा पनि कोरोना देखिएको छ । त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट बेलका नगरपालिकाका एकै परिवारका ४ सहित ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
वडा नं ९ का ६८, ३०, २०, ६०, १८, १७ र २८ वर्षीय व्यक्तिमा कोरोना देखिएको हो । दुई साताअघि बेलका ९ बजारका दुई व्यापारीलाई कोरोना देखिएपछि उनीहरुको कन्ट्याक ट्रेसिङका आधारमा गरिएको परीक्षणबाट एकै परिवारका श्रीमान, श्रीमती, छोरी गरी चारजनामा कोरोना देखिएको हो । त्यस्तै २८ वर्षीय युवा सहारा लघुवित्तका कर्मचारी हुन् ।
कर्मचारीमा संक्रमण देखिएपछि कार्यालयले १५ दिनका लागि सेवा बन्द गरेको छ। उदयपुरमा हालसम्म कोरोना संक्रमितको संख्या १ सय ४ पुगेको छ ।

