विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना परिक्षणको दायरा फराकिलो बनाएसँगै संक्रमितहरुको संख्या दिनप्रतिदिन थपिँदै गएको छ ।
पछिल्लो समय समुह–समुहमा कोरोना संक्रमण देखिन थालेसँगै महानगरले परिक्षणको दायरा विस्तार गरेपछि संक्रमितहरुको संख्या थपिँदै गएको हो । कोरोना महामारी विरुद्ध अग्रपङक्तिका योद्धाहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी र सञ्चारकर्मीमा समेत कोरोना पुष्टि हुन थालेपछि महानगरले समुदायस्तरमा कोरोना परिक्षण थालेको हो ।
महानगरपालिकाले समुदायस्तरमा कोरोना परिक्षण थालेसँगै आजसम्म विराटनगरमा १८८ जना पुरुष र ९४ जना महिला गरि कुल २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरपालिकाले आजसम्म कुल ३ हजार ७ सय ३९ जनाको पिसिआर पद्धतिबाट कोरोना परिक्षण गर्दा सबैभन्दा बढी वडा नं. ९ मा कुल ४२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा १३ जना महिला र २९ जना पुरुष रहेका छन् । महानगरले यस वडालाई उच्च जोखिमको वडाको रुपमा पहिचान गरेको छ ।
यस्तै महानगरका अन्य वडाहरुको कुरा गर्दा सबैभन्दा कम वडा नं. १६ र १८ मा १–१ जना महिलामा कोरोना संक्रमण देखिएको छ । हालसम्मको अद्यावद्यिक तथ्याङक अनुसार विराटनगरको वडा नं. १ मा १ महिला र २ पुरुष गरि ३ जना, वडा नं. २ मा ९ महिला र ८ पुरुष गरि १७ जना, वडा नं. ३ मा ८ महिला र १० पुरुष गरि १८ जना, वडा नं. ४ मा २ महिला र १० पुरुष गरि १२ जना, वडा नं. ५ मा ६ महिला र १४ पुरुष गरि २० जना तथा वडा नं. ६ मा ११ महिला र १५ पुरुष गरि कुल २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि वडा नं. ७ मा ८ महिला र १४ पुरुष गरि २२ जना, वडा नं. ८ मा ४ महिला र ७ पुरुष गरि ११ जना, वडा नं. ९ मा १३ महिला र २९ पुरुष गरि ४२ जना, वडा नं. १० मा ६ महिला र ९ पुरुष गरि १५ जना, वडा नं. ११ मा ७ महिला र ९ पुरुष गरि १६ जना, वडा नं. १३ मा २ महिला र ७ पुरुष गरि ९ जना, वडा नं. १४ मा १ महिला र ५ पुरुष गरि ६ जना, वडा नं. १५ मा ५ महिला र ८ पुरुष गरि १३ जना तथा वडा नं. १७ मा २ महिला र ६ पुरुष गरि ८ जनामा कोरोना संक्रमण देखिएको विराटनगर महानगरपालिकाको आधिकारिक तथ्याङकले पुष्टि गरेको छ ।
१ जनाको वडा नखुलेको तथा संक्रमितहरु भने कम्तीमा १५ बर्षदेखि बढीमा ६० बर्ष उमेर समुहका रहेको महानगरले जनाएको छ । विराटनगरमा आजसम्म भने निको भई संक्रमणमुक्त हुनेको संख्या ४९ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । जसमा वडा नं. ९ का २ र वडा नं. ५ का १ पुरुष रहेका छन् ।