लोड हुँदैछ...

मेनु

विराटनगर ९ मा एकैदिन १२ संक्रमित, ११ जना एउटै परिवारका

विराटनगर ९ मा एकैदिन १२ संक्रमित, ११ जना एउटै परिवारका

विराटनगर । विराटनगर महानगरपालिकाको ९ नम्बर वडामा आइतबार एकै दिन १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार महानगरमा २९ जना संक्रमित थपिएकोमा ८ जना पुरूष र ४ जना महिला ९ नम्बर वडाका हुन् । उनीहरुमध्ये ११ जना एकैघरका छन् ।

संक्रमितमध्ये एक जना यसअघि कोरोना संक्रमित भेटिएको गुद्रीको शंकर किराना पसलमा काम गर्ने कामदार हुन् भने अन्य पनि किराना पसल र कपडा पसल सञ्चालन गर्ने रहेको बुझिएको छ । महानगरपालिकाभित्रको एउटै वडामा यति धेरै संक्रमित एकैदिन देखिएको यो पहिलो पटक हो ।

सो वडामा कोरोनाको कारण दुई जनाको मृत्युसमेत भइसकेको छ । उनीहरूको सम्पर्कमा आएकाहरूको कन्ट्रयाक ट्रेसिङ गरि स्वाब परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको वडाअध्यक्ष विश्वनाथ भगतले जानकारी दिनुभयो । संक्रमितहरु १५ वर्षदेखि ६० वर्षसम्मका छन् ।

यस्तै विराटनगर १४ का २ जना र ६ का २ जनामा संक्रमण देखिएको छ । विराटनगर १५, १२, १०, ११, ३, ६, ८ र ४ का १/१ जनामा संक्रमण देखिएको महानगरपालिकाले जनाएको छ । अन्य ८ संक्रमितको वडा खुलेको छैन ।

प्रहरी निरीक्षकलाई कोरोना
मोरङ प्रहरीमा कार्यरत एक जना प्रहरी निरीक्षकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार आएको रिपोर्टमा मोरङ प्रहरीका एक जना प्रहरी निरीक्षकमा संक्रमण देखिएको हो ।

एक दर्जन भन्दा बढीको स्वाब संलन गरिएकोमा एक जना प्रहरीमा संक्रमण देखिएको मोरङ प्रहरीले जनाएको छ । संक्रमण पुष्टि भएका प्रहरी निरीक्षकलाई विराटनगरस्थित कोशी अस्पतलाको कोभिड उपचार केन्द्रमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।