कोरोनाका कारण विश्वभर २ सय ६४ नेपालीको निधन

विदेशमा रहेका नागरिक नेपाल फर्किने क्रम जारी

काठमाण्डौं । कोरोना भाइरसका कारण विश्वमा उत्पन्न जटिल परिस्थितिले गर्दा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा विभिन्न देशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी रहेको छ ।

विभिन्न देशमा रहेका नेपाली दूतावास, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघत्रिचको सहकार्यमा हालसम्म ५८ देशबाट ४६ हजार ३ सय १२ जना नेपाली नेपाल फर्किएका छन् । सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट १२ हजार ५ सय १ जना रहेको नेपाल फर्किएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

यसैगरी साउदी अरेबियाबाट ६ हजार ९ सय ९७, मलेसियाबाट ६ हजार ७ सय ९४, कुवेतबाट ६ हजार ३ सय २९ र कतारबाट ५ हजार २ सय ५१ जना नेपाल फर्किसकेको संघले जानकारी दिएको छ । संघका अनुसार अफगानिस्तानबाट ३३, ओमानबाट ६ सय ३६, बर्माबाट २६, थाईल्याण्डबाट ३ सय २६, दक्षिण कोरियाबाट ७ सय २०, बङ्गलादेशबाट ८ सय ४१, माल्दिभ्सबाट ७ सय ९, सिङ्गापुरबाट २ सय ९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९ सय ८०, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९, ईजरायलबाट १ सय २७, चीनबाट २ सय ८ र टर्कीबाट १ सय १० जना स्वदेश फर्किएका छन् ।

त्यसैगरि फिलिपिन्सबाट २ सय १, स्विट्जरल्याण्डबाट १०, ईराकबाट ३९, दक्षिण सुडानबाट २ सय ५०, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८, श्रीलङ्काबाट ५, जापानबाट १ हजार २३ जना र भारतबाट हवाई उडानमार्फत ८५ जना स्वदेश फर्किएका छन् । संघले उल्लेख गरेको तथ्याङ्कमा स्थलमार्ग हुँदै नेपाल आएकाहरूको तथ्याङ्क भने समेटिएको छैन ।

यसैबीच विभिन्न देशमा मृत्यु भएका २ सय ४६ जना नेपालीको शव नेपाल ल्याई परिवारलाई बुझाईएको छ । १ सय ७२ जनाको मृत्यु भएको देशमै अत्येष्टिका लागि परिवारबाट सहमति प्राप्त भएको पनि बताईएको छ । अब ७६ शव नेपाल ल्याउन बाँकी रहेको संघले जनाएको छ । यस्तै गैरआवासीय नेपाली संघले जनाएअनुसार सङ्क्रमणका कारण विदेशमा मात्र १ सय ९१ जना नेपालीको निधन भएको छ । जसमा भारतमा गत साता थप २ जनाको कोरोनाका कारणले निधन भएको छ ।

शनिबार साँझसम्म नेपालसहित विश्वभर २ सय ६४ जना नेपालीको कोरोना भाईरसले ज्यान लिएको गैरआवासीय नेपाली संघले जनाएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डाक्टर सञ्जीव सापकोटाका अनुसार प्राप्त तथ्याङ्कअनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार र साउदी अरेबियामा रहेका नेपालीहरुमा थप नयाँ सङ्क्रमण देखिएको छ ।

आइतबार, २५ साउन, २०७७, दिउँसोको ०४:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर