विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत शुक्रबार कोभिड–१९ क्राईसिस म्यानेजमेन्ट समितिको टोलीले मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । ती मध्ये ४ जनाको पिसिआर परिक्षणको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्य सुरु गरिएको छ ।