विराटनगरमा २९ सहित प्रदेशमा ४० संक्रमित थपिए

विराटनगर । विराटनगर महानगरपालिकामा २९ जनासहित आइतबार प्रदेश १ मा ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार २७ पुरूष र १३ जना महिलाहरुमा संक्रमण देखिएको हो ।

विराटनगरमा १९ पुरुष र १० महिलामा संक्रमण देखिएको छ । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या २८२ पुगेको छ । त्यसमा ४३ जना संक्रमणमुक्त भएका छन् ।

उता झापामा ४ पुरूष र १ महिला गरि ५ जना कोरोना संक्रमण देखिएको छ । झापाको अर्जुनधारामा २ पुरूष, बाह्रदशी र दमकमा १÷१ जनालाई संक्रमण देखिएको हो ।

सुनसरीमा ४ पुरुष २ महिला गरि ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । धरानमा २ पुरूष, १ महिला, इटहरीमा २ जना र बर्जुमा १ पुरूषमा कोरोना संक्रमण देखिएको छ

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १४२३ पुगेको छ । संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ ।

आइतबार, २५ साउन, २०७७, दिउँसोको ०३:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर