विराटनगर । विरानगरमा शनिबार राति प्राप्त रिपोर्टमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विराटनगर–९ का ११ जनासहित थप २२ जनामा कोरोना देखिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

थपिएका संक्रमितहरु विराटनगर–१५ का १, १४ का २, १२ का १, ११ का १, १० का २, ६ का १ र ३ का २ जना छन् भने एक जनाको वडा खुलेको छैन । विराटनगरमै गरिएको परीक्षणबाट मोरङको जहदाका १ र प्रदेश २ का ४ जनामा पनि कोरोना देखिएको छ ।

नयाँ थप भएका संक्रमितसँगै विराटनगरमा अहिलेसम्म २ सय ७८ जनामा कोरोना पुष्टि भएको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । महानगरमा कोरोनामुक्त भएर ४३ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।