लोड हुँदैछ...

मेनु

 मोरङमा ४८ सहित प्रदेश १ मा ६१ संक्रमित थपिए

 मोरङमा ४८ सहित प्रदेश १ मा ६१ संक्रमित थपिए

विराटनगर । मोरङमा ४८ जनासहित शनिबार प्रदेश १ मा ६१ जना कोरोना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार ४७ जना पुरूष र १४ जना महिलासहित प्रदेश १ मा शनिबार ६१ जना संक्रमित थपिएका हुन् ।

विराटनगर महानगरपालिकाभित्र मात्र शनिबार ३३ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये २६ पुरूष र ७ महिला रहेका छन् ।

यसैगरी मोरङको बुढीगंगा गाउँपालिकाभित्र रहेको आरती स्ट्रिप्स् इण्डस्ट्रिज प्रा.लि.मा कार्यरत थप १२ जना कोरोना संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला ल्याबमा गरिएको प्ररीक्षणमा शनिबार कर्मचारी र मजदुरहरूमा कोरोना संक्रमण देखिएको हो ।

यसैगरि मोरङको धनपालथान, कटहरी र उर्लाबारीमा १÷१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उता सुनसरीमा १० जनामा संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानमा २ पुरूष र २ महिला, दुहबीमा ३ पुरुष र १ महिलामा संक्रमण देखिएको छ भने इनरुवामा २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

मोहोत्तरी ठेगाना उल्लेख गरिएका २ र राजविराज ठेगाना उल्लेख भएका १ पुरूषमा पनि कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३७३ पुगेको छ भने उपचारपछि ९०८ जना डिस्चार्ज भएका छन् । हालसम्म प्रदेशमा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।