लोड हुँदैछ...

मेनु

नोबेलका चिकित्सकमा पनि कोरोना संक्रमण

नोबेलका चिकित्सकमा पनि कोरोना संक्रमण

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजका दुई जना चिकित्सकमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा कार्यरत दुई जना रेसिडेन्ट चिकित्सकमा कोरोना भाईरस संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ । उनीहरु दुवैजना शुक्रबारदेखि अस्पतालको आईसोलेशनमा रहेका थिए ।

अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पुष्टि भएपछि अन्य चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाब संकलन कार्य भईरहेको अस्पतालले जानकारी दिएको छ । दुबै चिकित्सकमा स्वास्थ्य समस्या देखिएपछि आईसोलेशनमा राखेर स्वाब संकलन गरिएको थियो ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार एमडीका रेसिडेन्ट चिकित्सकमा देखिएको कोरोनाको स्रोत खुलेको छैन । चिकित्सकमा कोरोना देखिएपछि अस्पतालले आइतबारदेखि ओपीडी सेवा बन्द गर्ने सूचना निकालेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाल ल्याबमा गरिएको परीक्षणमा शनिबार उनीहरुको पोजेटिभ रिपोर्ट आएको हो । दुई साताभित्र प्रदेश प्रहरीमा कार्यरत प्रहरी, तरकारी व्यापारी, पान पसले र प्रदेशका उच्च पदस्थ पदाधिकारीमा पनि संक्रमण पुष्टि भएको छ । चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरी प्रदेशका उच्च पदाधिकारीमा भएको संक्रमणको स्रोत नखुले पनि अस्पताल हुँदै संक्रमण समुदायसम्म पुगेको तथ्यलाई महानगरलेसमेत स्वीकार गरेको छ ।

बिराटनगरका ठूला अस्पताल सबैमा कोरोनाको संक्रमण देखिएपछि अन्य रोगका विरामीले उपचार पाउन समस्या भएको छ । यसअघि विराट नर्सिङ होम, कोशी अस्पताल, न्युरो अस्पताल, विराट मेडिकल कलेज, गोल्डेन अस्पताल, मोरङ सहकारी अस्पताल र म्याक्स अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा पनि कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।