लोड हुँदैछ...

मेनु

पत्रकारसहित विराटनगरका थप २२ जनामा कोरोना

पत्रकारसहित विराटनगरका थप २२  जनामा कोरोना

विराटनगर । विराटनगरमा शुक्रबार राती आएको स्वाब परिक्षण रिपोर्टमा  थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार दिउँसो बिराटनगरमा ३३ जनाको पोजेटिभ रिपोर्ट आएकोमा साँझ दुई पत्रकारसहित थप २२ जनाको रिपोर्ट पोजेटिभ आएको बिराटनगर महानगरपालिकाले जनाएको  छ ।

शुक्रबार एकैदिन ५५ संक्रमित थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ । उनिहरुमध्ये ४३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार शुक्रबार बेलुका थप २२ जना संक्रमित थपिएका हुन ।

शुक्रबार महानगरको २ सय बढिको स्वाब परिक्षण गर्दा ५५ जनामा कोरोना देखिएको हो । सन्क्रमित हुनेमा पत्रकारहरु सञ्जिव खनाल र कमल रिमालसहित विराटनगर २ का ४ जना, विराटनगर ३ का १ जना, विराटनगर ५ का १ जना, विराटनगर ६ का २ जना, विराटनगर ७ का ३ जना, बिराटनगर ८ का १ जना, बिराटनगर १० का १ जना, विराटनगर ११ का १ जना, विराटनगर १३ का ४ जना र विराटनगर १४ का १  जना छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।