कोरोना आशंका गरिएका एक व्यक्तिको कोशी अस्पतालमा मृत्यु, स्वाब परीक्षण हुँदै

विराटनगर । कोरोना संक्रमणको आशंका गरिएका विराटनगरका एक पुरूषको कोशी अस्पतालमा शुक्रबार मृत्यु भएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषलाई विहान ९ः४० बजे अस्पताल पुग्नसाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

कोशी अस्पतलाका आइसोलेन इन्चार्ज डा. लक्ष्मीनारयण यादवका अनुसार मृतकमा कोरोनासँग मिल्ने लक्षण रहेकोले स्वाब संकलन गरि परीक्षणको लागि पठाइएको छ । ‘लक्षण मिल्न देखिएपछि हामीले स्वाब संकलन गरि परीक्षण गर्न पठाएका छौं’ उहाँले भन्नुभयोे, ‘दिउँसो २ बजेसम्म रिपोर्ट आउनेछ ।’

कोशी अस्पतालमा यसअघि कोरोनाबाट संक्रमित भएका ३ जनाको मृत्यु भइसकेको छ । मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ छ । एक जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

शुक्रबार, २३ साउन, २०७७, बिहानको १०:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर