बिराटनगर । सुनसरीको धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिरहाको गोलबजार नगरपालिका घर भएका २३ वर्षीय युवकको कोरोनाको कारण मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

मिर्गौलाको बिरामी रहेका उनलाई बुधबार जनकपुरमा कोरोना पुष्टि भएपछि थप उपचारको लागि धरान ल्याईएको थियो । जनकपुरबाट रिफर भएर आएका उनको बिहीवार राती १० बजेर ४५ मिनेटमा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाले जानकारी दिनुुुभयो ।

शव व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाउने तयारी भइरहेको प्रतिष्ठानले  जनाएको छ ।