आफुसँग सम्पर्कमा आएकालाई सतर्क रहन मन्त्री कार्कीको आग्रह

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले साउन १६ गतेपछि मन्त्रीसँग भेटघाट गर्ने र प्रत्यक्ष सम्पर्कमा पुग्नेहरुलाई सतर्क रहन आग्रह गरेको छ ।

मन्त्रीको प्रमुख स्वकीय सचिव कमल पौडेलले एक सन्देश मार्फत अहिलेसम्म मन्त्री कार्की अहिलेसम्म स्वस्थ रहनुभएको र उहाँलाई कुनै प्रकारको लक्षण नदेखिएको भएपनि कोरोना संक्रमण हुँदा यस्तै हुन्छ भन्ने अवस्था नरहेकोले सतर्क रहन आग्रह गर्नुभएको हो ।

मन्त्री कार्की केही समय काठमााण्डौ रहँदाकै बखत साउन १४ गते प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल लगायत प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुको बैठक बसेको थियो । उक्त बैठकमा प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव सँगै मन्त्री कार्की पनि बस्नु भएको थियो । कोभिड १९ को परिक्षणका क्रममा मन्त्री यादवमा कोरोना पोजेटिभ देखिएकोले यस अवधिमा सम्पर्कमा आउनुभएका सबैलाई सर्तक रहन मन्त्री कार्कीको सचिवालयले सार्वजनिक आव्हान गरेको हो ।

बिहिबार, २२ साउन, २०७७, साँझको ०५:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर