संघीय संसद सचिवालयका प्रवक्तामा कोरोना

काठमाडौं । संघीय संसद सचिवालयका प्रवक्ता समेत रहेका सहसचिव डा. रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत मंगलबार वीर अस्पतालमा उनको स्वाव संकलन गरिएको थियो । पाण्डेमा संक्रमण पोजिटिभ देखिएको सांसद मिना सुब्बाले जानकारी दिइन् । दुई साता अघि प्रतिनिधि सभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले सांसद प्रदीप यादवको संयोजकत्वमा ३ सदस्य उपसमिति बनाइ तराईका जिल्लामा बन अनुगमनका लागि पठाएको थियो । अन्य सांसदहरु मीना सुब्बा, प्रेम आले सहित अन्य ३ कर्मचारीको नेगेटिभ रिपोर्ट आएको छ ।

यसअघि जनता समाजवादी दलका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएपछि संसद सचिवालयका कर्मचारीको स्वाव लिइएको थियो । सांसद यादव चढेको गाडीका ३ नै जनालाई कोरोना संक्रमण भएको थियो ।

वैज्ञानिक बन क्षेत्र व्यवस्थापनमा भएको कमजोरीमाथि उजुरी परेपछि संसदीय उपसमितिको टोली सिन्धुली हुँदै बारा, पर्सासम्म पुगेको थियो ।

साभारः रातोपाटी

बिहिबार, २२ साउन, २०७७, दिउँसोको ०३:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर