विराटनगर । बिहीबार विराटनगरमा २१ जनासहित प्रदेश १ मा ६६ जना कोरोना संक्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार विराटनगरमा बिहीबार ११ जना पुरूष र १० जना महिलालाई कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयको अनुसार बिहीबार प्रदेश १ मा ५१ पुरूष र १५ जना महिलामा संक्रमण देखिएको हो । बिहीबार मोरङमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरबाहेक मोरङको बेलबारीमा २ पुरूष र रङ्गेलीमा १ पुरूषमा संक्रमण देखिएको हो ।
यस्तै सुनसरीमा १९ जनालाई संक्रमण देखिएको छ । धरान उपमहानगरपालिकामा ११ पुरूष र ३ महिला गरि १४ जनालाई संक्रमण देखिएको छ । यस्तै इटहरीमा ४ पुरुष र १ महिलामा संक्रमण देखिएको छ भने झापाको मेची नगरपालिका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । उता इलाम नगरपालिकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश १ मा बिहीबारसम्म १२ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये ९०५ जना उपचारपछि कोरोनामुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् ।
प्रदेश १ मा बिहीबार १८ जना डिस्चार्ज भएका छन । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १२ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा झापाका ९, मोरङका ६, सुनसरी, इलाम र पाँचथरका १÷१ जना रहेका छन् ।
प्रदेश १ मा बिहीबार १ हजार ५४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये १५ महिला र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
Plz send my report I had my PCR on monday
Ward no 6 mobile no 9804052636
Pls send my report I had my PCR on Monday