काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष प्रचण्डको निवासमा कार्यरत ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष परिवारका सबै सदस्यको कोरोना परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो ।
परिवारका अन्य सदस्यमा भने कोरोना देखिएको छैन । निवासमा कार्यरत सुरक्षाकर्मीमा देखिएको कोरोनाको स्रोत खुलेको छैन ।
प्रचण्ड सचिवालय स्रोतका अनुसार पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छैन । तर गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिनुभयो ।
यसअघि सभामुख अग्नी सापकोटाको निवासमा कार्यरत सुरक्षाकर्मीमासमेत कोरोना देखिएको थियो । तर, सभामुख सापकोटासहित अन्यमा भने कोरोना देखिएन ।