विराटनगर । समुदायमा संक्रमण फैलिएपछि लकडाउनमा रहेको विराटनगर महानगरपालिकामा बुधबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै महानगरपालिकामा संक्रमितको संख्या १६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भएको स्वाब परीक्षणमा ७ पुरुष र ४ महिलामा संक्रमण देखिएको हो । संक्रमित हुनेहरुमा विराटनगर ११ का ३ जना, विराटनगर ३ को २ जना, विराटनगर ५ को २ जना, विराटनगर ७ को ३ जना रहेका छन् ।
विराटनगर ५ का संक्रमितहरुमध्ये एक महिला विराट नर्सिङ होममा कार्यरत व्यक्तिका आमा हुन् भने २ जना पुरुष गुद्री बजारमा तरकारी व्यापार गर्ने बाबुछोरा हुन् । अन्य संक्रमितको विवरण खुलिसकेको छैन ।

