प्रदेश प्रमुखद्वारा तीन विधेयक प्रमाणीकरण

विराटनगर । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्देशसभाबाट पारित तीन वटा विधेयक सोमबार प्रमाणित गर्नुभएको छ ।

प्रदेश प्रमुख अधिकारीले प्रदेश वनको व्यवस्था गर्नको लागि बनेको विधेयक, प्रदेश प्रहरीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ र प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ को संशोधन गर्ने सम्वन्धमा बनेको विधेयक २०७७ प्रमाणित गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र कुमार श्रेष्ठले विज्ञप्ति जारी गरी विधेयक प्रमाणित गरेको जानकारी दिनुभएको हो ।

आइतबार, १८ साउन, २०७७, दिउँसोको ०३:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर