दुई अध्यक्षबीच बालुवाटारमा छलफल

खनाल र नेम्वाङ्ग पनि सहभागी

विराटनगर । नेकपा अध्यक्ष प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाललाई साथमा लिएर अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल थाल्नु भएको छ ।

आइतबार बिहानै बालुवाटार पुग्नु भएका अध्यक्ष प्रचण्डले पाँच दिनको संवादहीनता तोेड्दै पार्टीको विवाद समाधान गर्न छलफल अघि बढाउनुभएको हो ।

बिगतमा एक्लाएक्लै छलफल गर्ने प्रवृत्ति ठिक नभएको भन्दै अध्यक्ष प्रचण्डले अब अर्का अध्यक्ष ओलीसँग एक्लै छलफल नगर्ने र सामुहिकतामा अघि बढ्ने बताएपछि उहाँले नेता झलनाथ खनाललाई साथमा लगेर छलफल थाल्नुभएको हो । अहिले पनि बालुवाटारमा नेताहरुबीच छलफल भइरहेको बताइएको छ । अध्यक्ष प्रचण्डले महासचिव बिष्णु पौडेललाई समेत सँगै राखेर छलफल गर्ने चाहना राख्नुभएको बताइएको छ । अध्यक्ष ओलीले संसदीय दलका उपनेता सुभाष नेम्वाङ्गलाई छलफलमा सहभागी गराउनुभएको छ ।

छलफलमा जारी स्थायी समितिको बैठक कसरी सञ्चालन गर्ने र पार्टी भित्रको समस्या समाधान कसरी गर्ने भन्ने विषयमा केन्द्रीत हुने अनुमान गरिएको छ । दुई अध्यक्षको सहमति नभई आगामी बैठकसमेत अनिश्चित भएकोले बैठकको मिति तोक्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

नेकपा अध्यक्ष प्रचण्डले पार्टी भित्रको विवाद दलका लागि नभई पद्धतिका लागि भएको भन्दै पदति नमान्नेहरुबाट गलत प्रचार गरिएको शनिबार बताउनुभएको थियो ।

आइतबार, १८ साउन, २०७७, बिहानको ११:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर