लोड हुँदैछ...

मेनु

सञ्जेललाई कुटपिट गर्नेको म्याद थप हुँदै

सञ्जेललाई कुटपिट गर्नेको म्याद थप हुँदै

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका जना महिला कर्मचारीहरूलाई म्याद थप गर्ने तयारी प्रहरीले गरेको छ ।

आफ्नै कार्यालयका कार्यालय सहयोगी दुई जना महिला कर्मचारीले शनिबार ११ बजे भ्रष्टाचार विरोधी अभियान्ता सञ्जेललाई कुटपिट गरेका थिए ।

सञ्जेललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका कार्यालय सहयोगीहरु नेत्रकुमारी भट्टराई र मेनुका कोइरालालाई जिल्ला प्रशान कार्यालय मोरङमा ‘अभद्र व्यवहारको मुद्दा’ मा म्याद थप गरि अनुसन्धान सुरू गर्ने तयारी गरेको प्रहरीले जनाएको छ । घटनामा मिलापत्र गर्न सञ्जेलले अस्वीकार गरेपछि उनीहरुमाथि मुद्दा चल्ने भएको हो ।

शनिबार साँझसम्म दुबै पक्षबीच मोरङ प्रहरी कार्यालयमा छलफल भएको थियो । सञ्जेलले आफूमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही हुनुपर्ने अडान राखेपछि प्रहरीले कार्वाहीको प्रक्रिया अगाडि बढाएको हो । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले पक्राउ परेका दुई जनालाई अभद्र मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

सञ्जेललाई कुटपिट गर्ने दुवै जना कर्मचारी करारमा नियुक्त भएका कार्यालय सहयोगी हुन् । सञ्जेलले सहन नसक्ने गरि अपशब्द बोलेर दुव्र्यवहार गरेको, अनावश्यक रुपमा काममा पेलाउने र जिम्मा नै नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएको आरोप लगाउँदै कुटपिट गरेका थिए । उनीहरूले सञ्जेललाई टेबुलमाथि राखेको पेपरवेट, नेम प्लेट र पञ्चिङ मेसिन प्रहार गरेका थिए । कुटपिटबाट सञ्जेलको निधार, ओठ र हातमा चोट पटक लागेको छ ।

सञ्जेलले भ्रष्ट र कमिसनखोरहरुको इशारामा आपूmमाथि आक्रमण भएको बताएका छन् ।

3 प्रतिक्रियाहरू

3 प्रतिक्रियाहरू

S D Shrestha
August 2, 2020 9:25 PM

हुन सक्छ त्यहाँ का धुसिया कर्मचारी र बाहिर का मानिसहरू हरु ले उक्साहटमा यस्तो नराम्रो काम गरेको हुन सकछ‌

नगेन्द्र राई
August 2, 2020 11:54 PM

यो पक्कैपनि विरोधीहरुको चालबाजी हुन सक्छ त्यसैले होशियारी अपनाउनु जरुरी छ ।

चन्द्र ब. कार्की
August 3, 2020 3:16 AM

एस्ता अभद्र ब्य्भार गर्ने महिला माथी कानुनी कार्बाही हुनुपर्छ र एस्ता कामदार राखिरहनु पनि हुदैन जस्तो लाग्छ किन कि फेरि यै घटना दोहोरिनपनी सक्छ।

प्रतिक्रियाहरू बन्द छन्।