विराटनगर । वीरगञ्जमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
बीरगञ्जमा बिहीबार र शुक्रबार मृत्यु भएका पाँच जना कोरोना संक्रमित देखिएका छन् । यसअघि कोरोनाबाट चार जनाको मृत्यु भएको पुष्टि भएको थियो भने उपचारको क्रममा मृत्यु भएकी अर्की महिलामा पनि कोरोना देखिएको हो ।
योसँगै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण पर्सामा मृतकको संख्या १० पुगेको छ । नारायणी वयोधा अस्पतालमा शनिबार मृत्यु भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बयोधा अस्पतालमा साउन १४ गते बुधबार भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको पीसीआर ल्याबमा पठाइएको थियो । रिपोर्ट नआउँदै उनको मृत्यु भएको हो ।
शुक्रबार भएको भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिनुभयो । सुगरबाट ग्रसित महिलामा निमोनिया र हाईपर टेनसन समेत रहेको अस्पतालले जनाएको छ ।
उनीसँगै संक्रमण पुष्टि भएकी नगवाकी ६० बर्षीया महिलाको अवस्था पनि गम्भिर छ । उनको बयोधा अस्पतालमै आईसीयूमा उपचार भइरहेको छ ।