प्रदेश प्रमुखको शुभकामना सन्देश

नेपाली इस्लाम राष्ट्रिय एकता र स्वाभिमानको प्रतिक

विराटनगर । प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद–उल–अजहा (बकर ईद) को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शनिबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख प्यासीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राष्ट्रपे्रमी नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवम् प्रगतिको कामना गर्नुभएको छ ।

नेपाली इस्लाम धर्मालम्बीहरु राष्ट्रिय एकता र स्वाभिमानको प्रतिक भएको भन्दै उहाँले बकर ईद पर्वले नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव, भातृत्व एवम् आपसी सहिष्णुता थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

विश्व कोरोना (कोभिड–१९ )को महामारीले आक्रान्त भइरहेको परिप्रेक्षमा भौतिक तथा सामाजिक दुरी कायम गरी पर्व मनाउन पनि उहाँले विशेष आग्रह गर्नुभएको छ ।

शनिबार, १७ साउन, २०७७, दिउँसोको ०१:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर