प्रदेश १ मा संक्रमितको संख्या हजार नाघ्यो

विराटनग । प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या १ हजार २४ पुगेको छ ।

शुक्रबार ३१ जना कोरोना संक्रमितहरु थपिएसँगै प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या १ हजार नाघेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शुक्रबार झापामा १३, मोरङमा १२, ईलाममा ५ र उदयपुरमा १ जनामा संक्रमित थपिएको प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहत्ताले बताउनुभयो । उहाँले झापाको मेचीनगरमा ११ पुरुष र २ महिला, विराटनगरमा ६ पुरुष र ५ महिला, सुनबर्षीमा १ महिला, ईलामको ईलाम नगरपालिकामा ५ पुरुष र उदयपुरको त्रियुगा नगरपालिकामा १ पुरुषको पिसिआर परिक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो ।

कोरोना संक्रमित देखिएका विराटनगरका ३ जना कोशी अस्पतालका कर्मचारी रहेको बताइएको छ । यसैगरी झापा र इलामका संक्रमित सुरक्षाकर्मी हुन् भने उदयपुरका संक्रमित मालपोत कार्यालयका कर्मचारी हुन् ।

प्रदेश नं. १ मा शुक्रबार ६ सय ५९ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमा ८ महिला र २३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शुक्रबार, १६ साउन, २०७७, साँझको ०५:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर