लोड हुँदैछ...

मेनु

प्रदेश सरकारले लकडाउन गर्न दिएन : विराटनगर महानगरपालिका

प्रदेश सरकारले लकडाउन गर्न दिएन : विराटनगर महानगरपालिका

विराटनगर । कोरोना संक्रमण समुदायस्तरमा फैलिसक्दा पनि प्रदेश सरकारले लकडाउन गर्नं अनुमति नदिएको गुनासो विराटगनर महागनरपालिकाले गरेको छ ।

विराटगनरमा ट्राभल हिस्ट्र नभएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सर्वासाधारणमा कोरोना देखिने क्रम बढ्दै गएपनि रोकथाम र नियन्त्रणको कुनै प्रयास थालिएको छैन । विराटगनर महानगरपालिकाका प्रमुख भीम पराजुलीले संक्रमण फैलिन नदिन महानगरलाई लकडाउन गर्न पटक पटक प्रस्ताव गरेपनि प्रदेश सरकारले अनुमति नदिएको बताउनुभयो । ‘मैले संक्रमण थप फैलिन नदिन महानगरलाई लकडाउन गरौं भन्ने प्रस्ताव पटक पटक मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग गरेको छु ,’ पराजुलीले भन्नुभयो ‘तर प्रदेश सरकार लकडाउन गर्ने पक्षमा देखिएन अब यसबाट हुने क्षतिको जिम्मेवारी प्रदेश सरकारले नै लिनुपर्छ ।’

अहिले अवस्था भयावह हुँदै गएको भन्दै महानगर प्रमुख पराजुलीले अब प्रदेश सरकारले सहमति नदिएपनि नगरबासीलाई जोगाउन महानगरले लकडाउन घोषणा गर्ने जानकारी दिनुभएको छ । लकडाउन गरेर परीक्षणको दायरालाई विस्तार गर्नुपर्ने पक्षमा महागनर रहेको भन्दै उहाँले अरु कुनै विकल्प नरहेको बताउनुभयो ।

प्रदेशको राजधानी विराटनगरसहित प्रदेशमा समुदायस्तरमा कोरोना संक्रमण फैलिसकेको निष्कर्श प्रदेश सरकारले पनि निकालेको छ । तर त्यसलाई रोक्ने तर्फ कुनै कार्ययोजना र अभियान सरकारले चलाएको छैन । बरु प्रदेश सरकारका मुख्यमन्त्रीसहित जिम्मेवार मन्त्रीहरु केही दिनदेखि काठमाण्डौमा छन् । नेकपाको आन्तरिक विवाद चर्किरहेको बेला जिम्मेवार मन्त्रीहरु प्रदेशमा नहुँदा कोरोना नियन्त्रणको लागि ठोस योजना तयार हुन नसकेको प्रदेश सरकारका एक उच्चपदस्थ कर्मचारीले बताए ।

प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई चार दिनदेखि काठमाण्डौमा हुनुहुन्छ भने विपद् व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी लिनुभएका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की दुई सातादेखि विराटनगरमा हुनुहुन्न । उहाँ पनि पार्टीको विवाद मिलाउन भन्दै काठमाण्डौमै बसिरहनुभएको छ ।

मुख्यमन्त्रीसँगै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ पनि काठमाण्डौ पुग्नुभएको छ ।

विराटनगर महानगरपालिकामा बिहीबारसम्म ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ३० जना उपचारपछि निको भएका छन् । अहिलेसम्म संक्रमित भेटिएकामध्ये ४१ जना ट्राभल हिस्ट्रि नभएकाहरु रहेको महानगरपालिकाको कोभिड टिम सुपरभाइजर हैदर अलिले जानकारी दिनुभयो ।

3 प्रतिक्रियाहरू

3 प्रतिक्रियाहरू

Srijan
July 30, 2020 2:40 PM

प्रदेस प्रमुख तथा तिनका दुई चार मन्त्रिकाे कारणा देखाई काेराेना महामारि फैलिन दिनु भएन । लकडाउन पनि समस्याकाे समाधान हाेईन । टेष्टकाे दायरा बढाउनु पर्छ, वडा स्तर बाटै ।

Sanjay Yadav
July 30, 2020 4:37 PM

Hamro biratnagar MA corona aajhai failina nadina lock down grnai parxa janta bachauna mantri Haru ko aadesh leeraknu prdaina…. Mayar sahab biratnagar Ko janta hajur Ko ho pakhe mantri Haru ko haina…. Do it something

राम बराल
July 31, 2020 7:18 AM

कोरोनाको घातकप्रहार बाट माहानगर लाइ जोगाउन मेयरले कठोर निर्णय लिनु पर्छ /

प्रतिक्रियाहरू बन्द छन्।