इटहरी उपमहागरका इञ्जिनियमा कोरोना : कार्यालयको सेवा बन्द

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा कार्यरत एक जना इन्जिनियरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परीक्षणमा बुधबार राति इन्जिनियरमा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

संक्रमित घरमै सेल्फ आइसोलेसनमा बसेका थिए । उनमा कुनै लक्षण थिएन । एक कर्मचारीमा संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको छ भने बजार क्षेत्रमा कडाइ गरिएको छ।

केही दिन अघि १० जना कर्मचारीको स्वास्थ्य परीक्षणका लागि स्वाव संकलन गरीएकोमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले उपमहानगरपालिकाका मेयरसहित थप कर्मचारीहरूको पनि परीक्षण गर्ने तयारी गरिएको छ।

उपमहानगरपालिकाले आफ्ना केही कर्मचारीहरूको परीक्षण गराएकोमा इन्जिनियरमा संक्रमण पुष्टि भएको हो। उनको स्वाब धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो।

योजना शाखामा कार्यरत इन्जिनियरमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरपालिकाका सम्पूर्ण शाखासहित २० वटै वडा कार्यालय बन्द गरिएको छ । बिहान बसेको उपमहानगरको आकस्मिक बैठकले उपमहानगर र सबै वडा कार्यालयबा दिइने सेवाहरू पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले सम्पूर्ण वडा कार्यालयमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहको स्वाव परीक्षण गरेर आउने रिपोर्टको आधारमा अबस्था हेरेर मात्रै कार्यालय खोल्ने निर्णय भएको नगर उप–प्रमुख लक्ष्मी गौतमले बताउनुभयो । बैठकले इटहरी भित्र लाग्दै आएको हाटबजार पुर्ण रुपमा बन्द गर्नुका साथै पसल, होटल लगायत का व्यवसायहरू सुरक्षित रुपमा मात्र सञ्चालन गर्न निर्देशन दिएको छ ।

बिहिबार, १५ साउन, २०७७, दिउँसोको १२:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर