कोशीका चार स्वास्थ्यकर्मीमा कोरोनाः ओपिडी सेवा बन्द

विराटनगर । चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि विराटनगर स्थित कोसी अस्पतालको ओपीडी सेवा बिहीबारबाट बन्द गरिएको छ ।

अस्पतालको ओपिडि इन्चार्जसहित एक कार्यालय सहयोगमा बुधबार राति कोरोना पुष्टि भएपछि अस्पतालले सूचना जारी गर्दै सेवा बन्दको जानकारी दिएको हो ।

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि संक्रमण नफैलियोस् भनेर ओपीडी सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । धेरै विरामीको चाप हुने अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि तनाब देखिएको छ ।

संक्रमितको सम्पर्कमा आएका १४ जनामध्ये २ जनालाई होम क्वारेन्टाइन र १२ जनालाई स्थानीय एक होटेलमा निगरानीमा राखिएको अस्पताल प्रशासनले जनाएको छ । ओपिडी सेवा बन्द गरेर ओपीडी कक्षसहित अस्पताललाई निर्मलीकरणको काम गर्ने अस्पतालको तयारी छ ।

अस्पतालको ओपिडि इन्चार्जसहित दुई जनालाई बुधबार राति कोरोना पुष्टि भएको हो । अस्पतालमा औषधी छिटेर सेनिटाइज गर्नुपर्ने भएकोले अर्को सूचना जारी नहुनुजेलसम्मको लागि ओपीडि सेवा बन्द गरेको कोशी अस्पतालका सुपरिटेन्डेन्ड मेसु डा.चुमनलाल दासले जानकारी दिनुभयो ।

यसअघि अस्पतालका एक नर्स र डाक्टरमा कोरोना देखिएको थियो । विराट नर्सिङ होममा पनि कार्यरत नर्समा कोरोना देखिएको थियो भने गत शनिबार सप्तरी घर भएका कोशी अस्पतालका एक जना चिकित्सकलाई कोरोना पुष्टि भएको थियो । ती चिकित्सकको कन्ट्याक टे«सिङ गर्दा ओपिडी इञ्चार्ज र कार्यालय सहायकको सम्र्पकमा रहेकोे देखिएपछि स्वाब संकलन गरिएको थियो ।

पछिल्लो समय अस्पतालमा दैनिक ६ सय बढि विरामी आउने गरेका थिए । अन्य अस्पतालले कोरोनाको बहानमा उपचार बन्द गरेको अवस्थामा पनि कोशीले आफ्नो सेवा सुचारु गरेको थियो । ओपीडी सेवा बन्द भएपनि आकस्मिक सेवा फिभर क्लिनिक भने बन्द गरिएको छैन ।

अस्पतालले गेट बन्द गरेर गेटमै ओपीडी सेवा बन्द भएको सूचना टाँसेको छ । अत्यावश्यक विरामीलाई पनि गेटबाट छिर्न दिइएको छ ।

विराटनगरै विराट नर्सिङ होमका सञ्चालकसमेत रहेका डाक्टरसहित ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भइसकेको छ ।

बिहिबार, १५ साउन, २०७७, बिहानको ११:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर