विराटनगर । स्थायी कमिटी बैठक पटक–पटक अबरुद्ध भई पार्टीको समस्याले समाधान नपाएको बेला नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गरेका छन् ।
केन्द्रीय समिति बैठक बोलाउन संकलन गरिएका हस्तक्षार बुधबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाललाई बुझाइएको छ ।
पार्टीमा पछिल्लो समय विवाद बढ्दै गएको तर सचिवालय र स्थायी समितिले त्यसको समाधान निकाल्न नसकेकाले केन्द्रीय कमिटी बैठक माग गरेको जनाइएको छ । अहिले विवादको समाधान कसरी हुन्छ भन्ने कुरालाई पार्टीको भविष्यसँग जोडिएकाले यसमा सबैको सहभागिता हुनुपर्ने उनीहरूको भनाइ छ।
अहिलेको विवादको समाधान ४५ सदस्यीय स्थायी समितिले भन्दा ४४१ जनाको केन्द्रीय समितिले सुझबुझका साथ गर्नसक्ने हस्ताक्षर अभियान चलाउनेमध्येका केन्द्रीय सदस्य ठाकुर गैरेले बताउनुभयो । नेकपाको विधानअनुसार २५ प्रतिशत अर्थात् १११ जना सदस्यले हस्ताक्षर गरि केन्द्रीय समिति बैठक माग गरे महिना दिनभित्र बैठक बस्नुपर्छ ।
पत्र बुझाउन केन्द्रीय सदस्यहरु ठाकुर गैरे, जगन्नाथ खतिवडा, डा.विजय पौडेल, दिलु पन्त, हिमाल शर्मालगायत धुम्बाराहीस्थित कार्यालय पुगेका थिए । नेकपामा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाडेर सहमतिका लागि निकास दिनुपर्ने माग गर्दै आएको छ । त्यही मागका कारण विवाद उत्कर्षमा पुगेपछि नेकपाको नेतृत्व तहमा सहमति नहुँदा १० असारमा बोलाइएको स्थायी समिति बैठक अझै सुचारु हुन सकेको छैन ।
नेकपाको विधानमा ६ महिनाभित्र केन्द्रीय कमिटी बोलाउनुपर्ने व्यबस्था छ । यसअघि १५ देखि १९ माघसम्म नेकपा केन्द्रीय कमिटीको दोस्रो बैठक राष्ट्रियसभा गृहमा बसेको थियो । विधानअनुसार बैठक बोलाउनुपर्ने समयावधि गुज्रिनै लाग्दा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यहरुले बैठक बोलाउन माग गरेका हुन् ।
बैठक माग गर्नेहरु :
१. विजयकुमार पौडेल
२. जगन्नाथ खतिवडा
३. भाष्कर काफ्ले
४. रविन कोइराला
५. नागेन्द्रप्रसाद चौधरी
६. कृष्ण केसी
७. विश्वनाथ प्याकुरेल
८.मुक्ति नारायण प्रधान
९. हिमाल शर्मा
१०. कुमारप्रसाद पौडेल
११. बलावती शर्मा
१२. विजय गुरुङ
१३. गोपीबहादुर सार्की अछामी
१४. गोपाल ठाकुर
१५. दलजित विके श्रीपाइली
१६. ठाकुरप्रसाद गैरे
१७. निरजप्रसाद आचार्य
१८. शिवकुमार मण्डल
१९.सरलाकुमारी यादव
२०. लेखनाथ न्यौपाने
२१. मेटमणी चौधरी
२२. रामकुमार शर्मा
२३. रामचन्द्र झा
२४. पासाङ शेर्पा
२५. दिलीपकुमार प्रजापति
२६.कमानसिंह लामा
२७. उर्मिला अर्याल
२८. दिलकुमारी पन्त
२९. खगराज भट्ट
३०. कल्याणीकुमारी खड्का
३१. झपटबहादुर रावल
३२.रविन्द्र अधिकारी (पूर्वी नवलपरासी)
३३.ममता गिरी
३४.जगप्रसाद शर्मा
३५. श्रीमाया थकाली
३६. दिनेशकुमार राई
३७. तुलबहादुर गुरुङ
३८. चुडामणि जंगली
३९. श्रीप्रसाद शाह
४०. प्रेमलकुमार खनाल
४१. कृष्णप्रसाद खनाल
४२. श्रीनाथ बराल
४३. सिता गिरी ओली
४४.प्रल्हाद बुढाथोकी
४५. डाचाराम वाग्ले
४६.तिलकुमार मेयाङ्बो
४७. यदुवंश झा
४८. प्रतापलाल श्रेष्ठ
४९. रचना खड्का
५०. रत्नेश्वर गोइत
५१. सुधिर शाह
५२. जगतप्रसाद यादव
५३. महेश रेग्मी
५४. राजेन्द्रकुमार राई
५५. बलदेव चौधरी
५६.राजेन्द्र कार्की
५७. सुदन किराती
५८. टंक आङ्बो हाँङ
५९. जयन्ती राई
६०. युवराज भट्टराई
६१. पार्वती थापा
६२. वामदेव क्षत्री
६३.लक्ष्मण पौडेल
६४. चन्द्रबहादर शाही
६५.राजन दाहाल (लेखनाथ दाहाल)
६६. शत्रुघन महतो
६७.अजयशंकर नायक
६८.झकबहादुर मल्ल
६९. बहादुर बिष्ट
७०. रामकुमरा ज्ञवाली
७१.बिन्दमान विष्ट,
७२.भरत शाह,
७३.अशोक मण्डल,
७४ अन्जना विशुखे,
७५, सुमिता कार्की,
७६.धर्मशीला चापागाई,
७७.रामचन्द्र शाह तेली,
७८.केदार न्यौपाने,
७९.हरि दाहाल
८०. जोगकुमार वरवरिया यादव
८१.राजु खड्का
८२.प्रकाशहरी पोखरेल
८३. दीपबहादुर योन्जन
८४. रामदीप आचार्य
८५. प्रकाश ज्वाला
८६. पशुपति चौलागाईं
८७. लक्ष्मण पौडेल
८८.विजय भण्डारी
८९.निर्मल आचार्य
९०. रविन्द्र बैठा धोवी
९१.मदनकुमारी शाह (गरिमा)
९२. हरि राई
९३. युवराज चौलागाई
९४.देवशंकर पौडेल
९५. विरोध खतिवडा
९६.शारदाप्रसाद सुवेदी
९७.माधव अर्याल
९८. राजबहादुर बुढा
९९.दिलिप महर्जन
१००. सुरेन्द्र मानन्धर
१०१. जीवन गौतम
१०२.जगप्रसाद शर्मा
१०३. रामप्रित पासवान
१०४. श्यामकुमार श्रेष्ठ
१०५. बसन्तप्रसाद मानन्धर
१०६.दावा तामाङ
१०७.रामप्रसाद सापकोटा (दीपशीखा)
१०८.माधव सापकोटा (सुवोध)
१०९. गणेशकुमार पहाडी
११०.सोम मिश्र
१११.नरेन्द्र कुँवर (विजयसुन्दर)
११२. घनेन्द्र बस्नेत
११३. उमा कोइराला
११४.खगेन्द्र चुडाल
११५.जीवनराम श्रेष्ठ
११६. प्रमेश हमाल
११७. शेरबहादुर तामाङ
११८.अरुणप्रसाद नेपाल
११९. तुलाराम घर्ति मगर
१२०. महादेव यादव
१२१. युवराज दुलाल
१२२. धर्मराज निरौला
१२३. शेरबहादुर केसी
१२४. परशुराम तामाङ
१२५. कालीबहादुर मल्ल
१२६. राजेन्द्रप्रसाद पाण्डेय
१२७. धर्मदत्त देवकोटा
१२८. भागवत नेपाली विश्वासी
१२९. गौरा प्रसाईं कोइराला
१३०. दामा शर्मा
१३१. नारायणप्रसाद पौडेल
१३२. रामकुमारी झाँक्री,
१३३. सोमप्रसाद पाण्डेय
१३४. अजम्बर राई काङमाङ
१३५. हेमराज भण्डारी
१३६. विष्णु रिजाल
१३७. गंगालाल तुलाधर
१३८. सुरेशकुमार राई
१३९.यज्ञराज सुनुवार
१४०.शालिकराम जमरकट्टेल
१४१.नारायणप्रसाद पौडेल
१४२. हितबहादुर तामाङ
१४३. प्रकाशबहादुर शाह
१४४ कृष्णप्रसाद सापकोटा
१४५. विमला सुवेदी
१४६. मो.महफूज अन्सारी
१४७. जयपुरी घर्ती
१४८. सत्य पहाडी
१४९.केशव नेपाल
१५०. देवी खड्का
१५१. धर्मनाथप्रसाद शाह
१५२. लालबहादुर बिक