महंगो र खतरानाक लागुऔषधसहित एक पक्राउ

विराटनगर । मोरङबाट प्रहरीले खतरनाक र नयाँ प्रकृतिको लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

विश्व बजारमा महंगो र खतरनाक मानिएको मेथान्टामाइन आइस नामक लागुऔषधसहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेल पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार पोखरेलको साथबाट ५३० ग्राम ९३ मिलिग्राम लागुऔषध बरामद भएको छ । लागुऔषधसहित पक्राउ परेका पोखरेल उच्च घरनाका नामुद व्यवसायी भएको खुलेको छ । उनी घरजग्गा कारोबार गर्दै आएका थिए ।

उच्च गुणस्तरको लागुऔषध र यसका कारोबारी पक्राउ परेको प्रदेश १ कै पहिलो घटना भएको प्रहरीले जनाएको छ । यो प्रकृतिको लागुऔषध बरामद भएको र कारोबारी पक्राउ परेको नेपालकै तेस्रो घटना भएको बताइएको हो ।

विशेष सूचनाका आधारमा लागुऔषध कारोबारी पोखरेललाई पक्राउ गर्नका लागि लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली परिचालन भएको थियो । परिचालित टोलीले विराटनगर महानगरपालिका–२ बरगाछीबाट लागुऔषधसहित कारोबारमा संलग्न पोखरेललाई मंगलबार साँझ पक्राउ गरेको हो ।

उनी कसैलाई लागुऔषध पु¥याउन आउँदै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । उनको साथबाट विराटनगरमा दुई सय ग्राम २२ मिलिग्राम बरामद भएको थियो। अनुसन्धानपछि प्रहरीले सुन्दरहरैंचाको सलकपुरस्थित उनको घरमा छापा मारेर थप लागुऔषध बरामद गरेको हो ।

मेथान्टामाइन आइस विश्वमा दुव्र्यसनीले सबैभन्दा बढी रुचाएको केमिकल ड्रग्सभित्र पर्ने प्रहरीको भनाइ छ । यसको अन्तर्राष्ट्रिय मूल्य प्रतिग्राम ८० डलरभन्दा बढी रहेको प्रहरीको भनाइ छ ।

पोखरेलको कनेक्सनका आधारमा लागुऔषधको कारोबारमा संलग्न अन्यको पनि खोजी थालिएको जानकारी प्रहरीले दिएको छ ।

बुधबार, १४ साउन, २०७७, बिहानको ११:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर