‘लकडाउन हैन विद्यालय खोल्नु पर्छ ’ –मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले लकडाउन कोरोना समस्याको समाधान नभएको भन्दै शिक्षालयहरु खोल्न थाल्नुपर्ने बताउनुभएको छ ।

मन्त्रालयले विराटनगरमा आयोजना गरेको सरोकारवालाहरुसँगको छलफलमा मन्त्री घिमिरेले सँधैभरी विद्यालय बन्द गर्न सम्भव नहुने र शिक्षालयहरु खोल्ने तथा विद्यालयमा भएका क्वारेन्टाइनहरु हटाउदै जानुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।

मंगलबार प्रदेश १ मा २१ नयाँ संक्रमितको पहिचान भएको छ । ती मध्ये विराटनगरका मात्र २१ जना रहेका छन् । विराटनगरका ठूला अस्पतालहरु कोशी अस्पताल र विराट अस्पतालमा कोरोना संक्रमण तिब्ररुपमा फैलिएको बेला आयोजित कार्यक्रममा मन्त्री घिमिरेले जोखिम भएपनि अवस्थालाई सामान्य बनाउदै लैजानुपर्ने बताउनुभयो । उहााले भारतसँग सीमा जोडिएका क्षेत्रहरु झापा, मोरङ, सुनसरी, इलाम, र सप्तरीसँग जोडिएको उदयपुर बढी जोखिममा रहेको बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका हेल्थ अफिसर हरिकृष्ण भट्टराईले विराटगनरमा कोरोना समुदायमा गइनसकेको जिकिर गर्नुभएको थियो । उहाँले धेरै भन्दा धेरै संक्रमितमा संक्रमणको स्रोत पत्ता नलागेको अवस्थामा मात्र समुदायमा गएको मानिने भएकोले अहिले त्यस्तो केसहरु थोरै भएकोले समुदायमा गइनसकेको उहाँले बताउनुभयो ।

प्रदेश एकको राजधानी विराटनगरमा ट्राभल हिष्ट्री नभएकाहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि यसको संक्रमण समुदाय स्तरमा पुगेको बताइएको थियो । सोही अनुसार लकडाउन गर्नुपर्ने आवाज पनि उठेको थियो । तर प्रदेश सरकार भने लकडाउनको विकल्प रोज्न नहुने पक्षमा उभिएको छ ।

छलफलमा नेकपा विराटनगरका अध्यक्ष सागर थापाले जोखिकयुक्त क्षेत्रहर शिल गर्ने र केही समय लकडाउन गर्नु पर्ने सुझाव दिनुभयो । उहाँले संक्रमितहरु बढिरहेकोले संवेदनशिल हुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै नेपाली काग्रेंस विराटगनरका उपसभापति अरुण न्यौपानेले संक्रमणको जोखिम बढेकोले एक घर एक पिसिआरको नीति मार्फत व्यापक परीक्षण गर्नुपर्ने बताउनुभएको छ । उहाँले प्रयाप्त परीक्षण नहुँदा जोखिम बढेको बताउनुभएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले कोरोनाको स्रोत खोजी गर्नुपर्ने भन्दै स्रोत पत्ता नलागेको अवस्थामा मात्र नियन्त्रणको थप उपाय खोज्नु पर्ने बताउनुभयो ।

मङ्गलबार, १३ साउन, २०७७, साँझको ०५:२५ बजे

2 thoughts on “‘लकडाउन हैन विद्यालय खोल्नु पर्छ ’ –मन्त्री घिमिरे

  1. ani k ma jasto students haru aru ko touch ma aayer marnu ho mantri tapae aafano choraxori lae pathaunu pahila school jayan rahanxa ani na padhanu natra yoo padhae ko k kam ramrari lockdown garna sakeko xaina aru marne bichar chahi kaha bata aauxa tapae haru lae ek ta medicine xaina baneko

प्रतिक्रिया:

सम्बन्धित खवर