विराटनगर । विराटनगरका पूर्व प्रधानपञ्च रामकृष्ण भट्टराईसहित मोरङका थुप्रै नेता कार्यकर्ताहरुले आज नेपाली काग्रेंस प्रवेशको तयारी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री सुनिल थापासहित ३० जना केन्द्रीय सदस्यहरुले पार्टी परित्याग गरी काग्रेंस प्रवेशको तयारी गरेपछि मोरङबाट पनि ठूलो संख्यामा नेता कार्यकर्ताहरुले काग्रेंस प्रवेशको तयारी गरेका हुन् ।
राप्रपा परित्याग गरी काग्रेंस प्रवेशको तयारी गर्नेमा पूर्व प्रधानपञ्च रामकृष्ण भट्टराई, अशोक मिश्र, गोपाल बहादुर दाहाल, गोपाल खड्का, गुरुप्रसाद सञ्जेल कृष्णबहादुर भट्टराई, रामकृष्ण सुवेदी, देवी प्रसाद प्रसाई मोहम्मद शैलुन मियाँ, अनन्त भट्टराई, लक्ष्मण थापा, ठहर सिंह दाहाल, लिलमबहादुर भट्टराई, रुद्रबहादुर कार्की लगायत हुनुहुन्छ ।
पार्टी परित्याग गरी काग्रेंस प्रवेश गर्ने तयारी गर्नुभएका धनकुटाका सुनिल थापालाई नेपाली काग्रेंसले सहमहामन्त्री बनाउने सहमति गरेको छ भने केही नेताहरुलाई केन्द्रीय सदस्य बनाउने बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।